लकडाउनको पालना र उपचारपछि दुई दर्जन देश कोरोनामुक्त
गोरखापत्र अनलाइन
जेष्ठ ५, २०७७ सोमबार
कोरोनाभाइरसले नेपालमा दुई जनाको ज्यान लिएपछि जनजीवन त्रसित भएकै बेला केही देशले केही राहत महसुस गरेका छन् । कहीँकतै कोरोना भाइरस नियन्त्रणबाहिर जाने त होइन ? भन्ने डर, त्रास र अन्योलबिच केही मुलुकले कोरोनालाई नियन्त्रणमा लिन सफल भएका छन् ।
लक डाउन, सामाजिक (भौतिक) दूरी, खानपिन, नियमित औषधि सेवनलगायतलाई पालना गर्नसके कोरोनालाई सजिलै नियन्त्रणमा लिन सकिन्छ भन्ने उदाहरण ती मुलुकले दिएकाछन् । तीन लाखभन्दा बढीको ज्यान...