राहतको चामल गुणस्तरीय भए नभएको जाँच्न छानबिन समिति गठन
गोरखापत्र अनलाइन
बैशाख १९, २०७७ शुक्रबार
वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ मा राहत वितरण गरिएको चामल गुणस्तरीय नभएको ब्यापक गुनासो आएपछि महानगरपालिकाले त्यसको जाँचबुझका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ मा राहत वितरण गरिएको चामल गुणस्तरीय नभएको, चामल डल्ला परेर कुहिएको जस्ता गुनासो आएपछि वडा अध्यक्ष भरतप्रसाद कुर्मीले राहत वितरण नै रोक्नु भएको थियो ।