नेपालगञ्जका मस्जिद मदरसामा बस्ने मुस्लिम धर्मगुरुहरुको स्वाब संकलन शुरु
गोरखापत्र अनलाइन
बैशाख १७, २०७७ बुधबार
कोरोना परिक्षणका लागि नेपालगञ्जका विभिन्न मस्जिद र मदरसाहरुमा बस्ने मुस्लिम धर्मगुरु, इमाम र विद्यार्थीहरुको स्वाव संकलन शुरु गरिएको छ ।
यसअघि एकसाता अघि मात्र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर बाँकेले नेपालगञ्जका मस्जिद, मदरसा, मन्दिर, गुरुद्धारा र चर्चमा बस्ने सबै धर्मगुरुहरुको कोरोना परिक्षण गर्ने निर्णय गरेको थियो ।