उदयपुरकाे भुल्केमा ३४ जनाको स्वाब संकलन, सिल गरिएका क्षेत्र क्रमश: खुकुलाे बनाइने
गोरखापत्र अनलाइन
बैशाख २४, २०७७ बुधबार
देशकै सबैभन्दा बढि कोरोना संक्रमित २८ जना भेटिएको उदयपुरको भुल्केमा आज ३३४ जनाको स्वाब नमुना संकलन भएको छ ।लक गरिएको संक्रमित क्षेत्रलाई क्रमिकरुपले खुकुलो पार्दै जाने प्रक्रिया अन्तर्गत पुनः परिक्षणको कार्य थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।