पनौती नगरपालिकाले सुरु गर्याे ‘फुड बैङक’
गोरखापत्र अनलाइन
चैत्र २४, २०७६ सोमबार
कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले ‘फुड बैङक’ मार्फत अतिविपन्न परिवारलाई राहत बाड्न थालेको छ ।
पनौती नगरपालिकाले एकद्धार प्रणाली मार्फत अतिविपन्न परिवारमा राहत पु¥याउन फुड बैङक स्थापना गरेको थियो । नगरप्रमुख भीम न्यौपानेले नगरका १३० अतिविपन्न नागरिकलाई राहत वितरण गरेको जानकारी दिनुभयो । नगरपालिकाले विपद् कोषबाट अतिविपन्न १३० परिवार पहिचान गरी वडा वडा...