logo
२०८१ मंसिर ११ मंगलवार



दैनिक उपभोग्य वस्तुको अभाव नहुने, विदेशबाट आउने व्यक्तिको तथ्यांक संकलन सुरु

प्रदेश |


दैनिक उपभोग्य वस्तुको अभाव नहुने, विदेशबाट आउने व्यक्तिको तथ्यांक संकलन सुरु


प्रतिक शर्मा

सल्यान, चैत १४ गते । सल्यानमा दैनिक उपभोग्य वस्तुको अभाव नहुने भएको छ । यहाँका बजारमा एक महिनालाई आवश्यक पर्ने दाल चामल,तेल बजारमा रहेको बताइएको छ । सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर चलाउने बजारमा दैनिक उपभोग्य वस्तुको अभाव नभएको बताउनुभयो । उहाँका अनुसार बजारमा नौसय क्वीन्टल चामल, ५० क्वीन्टल दाल,५५क्वीन्टल मैदा (पिठो) ६५ क्वीन्टल चिनि र ६ सय गत्था तेल रहेको छ ।

लकडाउन घोषणा हुन पुर्व नै धेरैले दैनिक उपभोग्य वस्तु खरिद गरेकाले समस्या नहुने ब्यवसायीको भनाई छ । उपभोक्ता अधिकार हित संरक्षण मञ्चका केन्द्रीय सदस्य तथा मानवअधिकारकर्मी रामचन्द्र रेग्मी वजारमा समान भएपनि लुकाउने प्रवृति बढेको बताउनुभयो । उहाका अनुसार उपभोग्य वस्तु अभाव नभएपनि लुकाउने गरेको जन गुनासो रहेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले खाद्यान्न आपुर्तिलाई सहज वनाउनका लागि सहजताका लागि ईमेल मार्फत अनुमति ब्यवस्था गरिएको वताउनुभयो । उहाँका अनुसार जिल्लामा आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु अभाव हुन नदिन उद्योग वाणिज्य संघसँग समन्वय गरिएको छ ।

होटेल ब्यवसायी संघ सल्यानका अध्यक्ष धुर्व भण्डारीले खाद्यान्नको अभावन नभएपनि बजारमा तरकारीको अभाव हुन थालेको बताउनुभयो । उहाका अनुसार दैनिक बजारमा आउनु पर्ने तरकारी आएको छैन ।

यहाँका बजारमा उपभोक्तालाई समान खरिदको लागि सहज ब्यवस्था गरिएको छ । बजारमा छुट्टाछुट्टै ब्यक्ति पुगेर समान किन मेलको ब्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
यसै विच जिल्ला प्रशासन कार्यालय सल्यानले बजार अनुगमन गरेको छ । जिल्लाका ब्यापारिक केन्द्र श्रीनगर, खलंगा, लुहाम र कपुरकोटमा बजार अनुगमन गरिएको प्रजिअ पोखरेलले बताउनुभयो ।

विदेशबाट आउने व्यक्तिको तथ्यांक संकलन गरिदै

यहाँका स्थानीय तहले विदेशबाट आएका व्यक्तिहरूको तथ्यांक संलकन सुरु गरेको छ। दशवटै स्थानीय तहसँग समन्वय गरेर प्रत्येक वडामा विदेशबाट आएका व्यक्तिको नाम संकलन सुरु गरिएको छ ।

शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले भारत लगायत अन्य मूलुकबाट फर्किएका व्यक्तिको विवरण अद्यावधिक गरी आवश्यक रेखदेख तथा निगरानी गरिने बताउनुभयो । उहाँका अनुसार १५ वटै वडामा वडा अध्यक्ष र सचिवले तथ्याक संकलन गरिहेका छन् ।

सल्यानका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले विदेशबाट आएका कुनै व्यक्तिमा कोरोनाको लक्षण देखिएमा क्वारेनटाइनमा राख्न पनि यस प्रकारको तथ्यांकले मद्दत पुग्ने वताउनुभयो । उहाँका अनुसार सल्यानबाट भारतमा बढी मात्रामा मानिस जाने भएकाले ती व्यक्तिमा कोरोनाको संक्रमण बढी हुन सक्ने भएकाले सुरक्षित तरिकाले घरमै बस्न पनि सहयोग पुग्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?