धनगढीको त्रिनगर सीमा सुनसान
गोरखापत्र अनलाइन
चैत्र १२, २०७६ बुधबार
मंगलबार साँझसम्म भारतबाट आएका नेपालीका कारण भीडभाड भएको धनगढीको त्रिनगरनाका बुधबार सुनसान भएको छ ।
नाका कडा बनाइएपछि भारतबाट आउनेहरु रोकिएको हुनसक्ने अनुमान छ । अर्कोतिर भारत पनि “लक डाउन” भएकोले नेपालीहरु घर फर्किन नपाएको हुन कि भन्ने भनाइ सुरक्षा अधिकारीहरुको छ ।
त्रिनगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक महादेव भट्टका अनुसार बुधबार विहान नाका सुनसान छ, तरकारी, पेट्रोलियम पद्धार्थका गाडी पनि आज आएका...