सञ्चार, शिक्षा स्वास्थ्य सुविधा पुग्यो तर घरमा झार उम्रिए बारी बाँझै
गोरखापत्र अनलाइन
पुष १५, २०७६ मंगलवार
जिल्लाका कोसीपारिका गाउँ सुनसान बन्दै गएका छन । विकासका पूर्वधार गाउँगाउँसम्म पुगेको भए पनि मानिस भने विस्तारै सहर केन्द्रित हुँदै गएको देखिन्छ । यस जिल्लाको चौँरी देउराली गाउँपालिकाका नाग्रेगगर्चे, सानोवाङथली, कातिकेदेउराली, माझीफेदा, पोखरीचौँरी लगायतका गाउँ सुनसान बन्दै गएका छन ।