दमकबाट १५ जना सडक बालबालिकाको उद्धार
गोरखापत्र अनलाइन
पुष २०, २०७६ आईतवार
शनिबार साँझ संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा एकैसाथ झापाको दमकबाट १५ जना सडक बालबालिकाको उद्धार गरिएको छ ।
उद्धार कार्यमा १ नम्वर प्रदेशका सामाजिक विकासमन्त्री सहित दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी लगायत जनप्रतिनिधिको सहभागिता रहेको थियो ।