घरमै उपचार पाएपछि ज्येष्ठ नागरिकले भने,पहिलो पटक ‘डाक्टर’ देखेँ
गोरखापत्र अनलाइन
पुष ७, २०७६ सोमबार
दाङको घोराही उपमहानगरपालिका–४ छेकवारकी ८२ वर्षिया टीका घर्तीले जीवनमा पहिलोपल्ट स्वास्थ्य जाँच गर्नुभयो । स्वास्थ्यमा समस्या आउँदा घरेलु उपचार गर्दै आउनुभएकी टीकाले शनिबार घोराही उपमहानगरपालिकाले सुरु गरेको ‘ज्येष्ठ नागरिक स्वास्थ्य जाँच घरदैलो कार्यक्रम’ मा स्वास्थ्यकर्मीद्वारा स्वास्थ्य जाँच गराउनुभयो ।