तरकारीको थोक मूल्य घट्यो, खुद्रा घटेन
गोरखापत्र अनलाइन
मंसिर २५, २०७८ शनिबार
पछिल्लो समयमा तरकारी आपूर्ति बढेसँगै तरकारीको थोक मूल्य घटेको छ । पछिल्लो डेढ सातायता गोलभेँडाबाहेक काउली, मूला, बन्दा, सागलगायतका मौसमी तरकारीको भाउ सस्तिएको हो तर खुद्रामा किन्ने उपभोक्ताले थोकमा सस्तिएको तरकारीको महसुस गर्न पाएका छैन ।