प्रभावकारी भएन धानको समर्थन मूल्य: किसान सस्तोमै बेच्न बाध्य
गोरखापत्र अनलाइन
मंसिर २४, २०७८ शुक्रबार
बारा गढीमाई नगरपालिका–४ का किसान जोगानन्दप्रसाद कलवारले प्रतिक्विन्टल दुई हजार ५०० रुपियाँका दरले १८ क्विन्टल धान बेच्नुभयो । उहाँले भन्नुभयो, ‘‘सरकारको बाटो पर्खेर बसेँ तर नआएपछि हामीले बाध्य भएर सस्तोमा धान बेच्यौँ । प्रतिक्विन्टल दुई हजार ९०० रुपियाँ मूल्य तोकिएको धान दुई हजार ५०० मा बेच्यौँ । ”