अपर बलेफीको काम अन्तिम चरणमा
गोरखापत्र अनलाइन
भाद्र १३, २०७८ आईतवार
जुगल गाउँपालिका–३ मा निजी क्षेत्रबाट सञ्चालित ३६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भएको छ ।
उक्त हाइड्रोपावरका अध्यक्ष उमेश कसजूले बाँध, सुरुङ, विद्युत् गृहलगायत सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिनु्भयो । आयोजनाको साढे चार किलोमिटर मिटर सुरुङ एक वर्षअघि नै निर्माण सम्पन्न भएको थियो ।