आर्थिक वृद्धि ४.०१ प्रतिशत
गोरखापत्र अनलाइन
भाद्र ११, २०७८ शुक्रबार
आर्थिक वर्ष २०७७/७८ मा ४.०१ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरिएको छ । सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएकामा कोरोना कहरका कारण आर्थिक गतिविधि शिथिल हुँदा र सरकारको पुँजीगत खर्च पनि कम हुँदा त्यसको असर आर्थिक वृद्धिमा देखिएको हो । यस वृद्धिमा कृषि क्षेत्रको २.६४ प्रतिशत, उद्योग क्षेत्रको ५.०५ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि ४.४३ प्रतिशत
रहेको छ ।