ह्विलचेयर गुडाउँदै, बस्तुभाउ स्याहार्दै
गोरखापत्र अनलाइन
भाद्र १२, २०७८ शनिबार
भेरीगङ्गा नगरपालिका–६, घारीवनका कृषक कविराम खड्का एकाबिहानै ह्विलचेयरको पाङ्ग्रा गुडाउँदै बाख्राको खोरमा पुग्नुहुन्छ । बाख्रालाई घाँस हालेपछि बँदेललाई दाना खुवाउने काम गर्नुहुन्छ ।
त्यहाँबाट उहाँको ह्विलचेयर कुखुरा, टर्की, बट्टाईको खोरतर्फ मोडिन्छ । ती पन्छीलाई पनि चारो हाल्न र रेखदेख गर्न कविराम प्रायः दिनभरि नै व्यस्त रहनुहुन्छ । पछिल्ला केही वर्षदेखि ह्विलचेयरको पाङ्ग्रा गुडाउँदै आफ्ना कृषि फार्मको रेखदेख...