राजस्व वृद्धिको योजना पेस गर्न निर्देशन
गोरखापत्र अनलाइन
भाद्र १४, २०७८ सोमबार
अर्थमन्त्री जनार्दन शर्माले राजस्व वृद्धिको योजना यथाशक्य चाँडो पेस गर्न निर्देशन दिनुभएको छ । नवनियुक्त राजस्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रकको जिम्मेवारी पाउनुभएका सचिव सुमनराज अर्याललाई आइतबार स्वागत गर्दै उहाँले सार्वजनिक संस्थान अनुगमन, अध्ययन अनुसन्धानलगायतको विषयमा यसअघि आफूले माग गरेका योजनाहरू यथाशक्य चाँडो पेस गर्न निर्देशन दिनुभएको छ ।