आगो लाग्यो ? दमकल कुर्नु पर्दैन पाइप खोल्नोस्, निभाउनुहोस्
गोरखापत्र अनलाइन ,
माघ १३, २०७६ सोमबार
कतै सानोतिनो आगलागी भयो भने पनि तपाईं हामी के गर्छौं ? एउटै मात्र उपाय दमकल बोलाउने र कुर्ने । दमल समयमा नै आइपुग्यो भने पनि साँघुरा गल्लीमा दमकल पुग्नै समस्या । थोरै संख्यामा दमकल त्यो पनि दिउँसो ट्राफिक जामले सल्केको आगो निभाउन दमकल कुर्दाकुर्दै धेरै क्षति पुग्ने गर्थ्याे ।