काठमाडौँ उपत्यकाका भित्री शहरमा भूकम्पपीडित घर बनाउन असमर्थ
रासस
माघ १, २०७६ बुधबार
भूकम्प गएको चार वर्ष नाघिसक्दा पनि पाटनका रमेश महर्जन अहिले पनि चर्किएकै घरमा बस्नुहुन्छ । भूकम्पको चार वर्ष पछि पनि उहाँको घर उस्तै छ । भूकम्प लगत्तै पुगेको इञ्जिनीयरको टोलीले गम्भीर क्षति भनी पुनःनिर्माणका लागि लाभग्राही सूचीमा उहाँको परिवारलाई राखेकै थियो । घर निर्माणका लागि पहिलो किस्ता स्वरुप सरकारले दिएको रु ५० हजारको पहिलो किस्ता अरु काममै खर्च भइसकेको उहाँले बताउनुभयो । डेढ आनाभन्दा कम जग्गामा बनेको घर...