पानी खाने धोको छ ! धारा जोड्ने पैंसा छैन
गोरखापत्र अनलाइन ,
माघ ४, २०७६ शनिबार
गाउँमा १८ करोडको बृहत खानेपानी योजना बनेर घरघरमा खानेपानीका धारा छन् तर, किरी भुलको घरमा खानेपानीको धारा छैन । तिर्खा लागे छिमेकीको घरबाट पानी मागेर खानुहुन्छ उहाँ । मर्नुअघि आफ्नै धाराको पानी खान पाउने किरीको धोको छ । किरी भुल जस्तै ३० घर दलित परिवारले धारा जडान गरेको शुल्क तिर्न नसक्दा खानेपानीबाट बञ्चित हुनु परेको छ ।