आर्थिक क्रान्तिको कार्यभार
गोरखापत्र अनलाइन
पुष ६, २०७८ मंगलवार
कुनै पनि देश विकासको प्रमुख मेरुदण्ड अर्थतन्त्र नै हो । यदि अर्थतन्त्र सही दिशामा चलेको छ भने देश र जनता समृद्ध हुन्छन् । अन्यथा देश गरिबी, अशान्ति, अस्थिरता, परनिर्भरता, दासता अनि विदेशी हस्तक्षेपको सिकार हुनुपर्ने हुन्छ । अर्थतन्त्रले देशको हर क्षेत्रमा प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पार्ने भएकाले यसको विकासको विषय देशको मूल मुद्दा हुनु आवश्यक छ ।