सार्वजनिक खर्च व्यवस्थापन
गोरखापत्र अनलाइन
पुष ७, २०७८ बुधबार
भनिन्छ सरकार नै वित्त हो । सरकारले जे गर्छ, त्यसबाट कि आय सिर्जना हुन्छ वा खर्च । सार्वजनिक खर्चका माध्यमबाट राज्य आधारभूत सेवा र नीति कार्यक्रम लिएर जनतासम्म पुग्ने गर्दछ । खर्चमार्फत नै सार्वजनिक संरचना आफ्ना दायित्व पूरा गर्ने सामथ्र्य राख्दछन् भने सर्वसाधारणको दैनन्दिनी आवश्यकता पूरा गर्दै भविष्यका अपेक्षालाई सुनिश्चित हुने गर्दछ । राज्य क्रियाशीलताको आधार नै सार्वजनिक खर्च हो । अर्थशास्त्री जे एम किन्जका...