खेलाडीलाई प्रोत्साहन (सम्पादकीय)
गोरखापत्र अनलाइन
पुष ८, २०७८ बिहीबार
नेपाली खेलकुद क्षेत्र वर्षौंदेखि उपेक्षित अवस्थामा छ । खेलाडी सधैँ हातमुख जोर्ने समस्यामा हुन्छन् अनि उनीहरूबाट राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजाको अपेक्षा गर्नु कति युक्तिसङ्गत हुन्छ ? हिजोआज खेलकुद क्षेत्रको अन्तर्राष्ट्रिय क्षेत्रमा बेग्लै मान, सम्मान, इज्जत एवं प्रतिष्ठाका साथै मुलुकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने कार्य पनि गरिरहेको हुन्छ । यसैले पनि खेलकुद क्षेत्र...