पशुपन्छीजन्य वस्तुरहित जीवनशैली
गोरखापत्र अनलाइन
मंसिर ११, २०७८ शनिबार
मासाहार र साकाहारवाद परम्परादेखि चल्दै आएको विचार र चिन्तन हो । जहिलेदेखि मानिस पृथ्वीमा छन्, त्यही बेलादेखि नै समाजमा यो चिन्तन र आहार विषयक ध्रुवीकरण विद्यमान छ । अहिले मानिसमा करिब सात दशकदेखि नयाँ सोच र विचारले घर गरेको छ । संसारमा माछामासु मात्रै होइन, पशुपन्छीलाई मारेर या नमारेर प्राप्त हुने दूध, दही, मह, चिज, घिउ, नौनीलगायतका वस्तु मानिसले जहिलेसम्म खाइरहन्छ, तबसम्म पशुपन्छीले दुःख पाउन छाड्दैनन् । अझ यसमा व्यावसायिकता...