राजनीतिक पार्टीको ट्रेडमार्कीकरण
गोरखापत्र अनलाइन
मंसिर ९, २०७८ बिहीबार
आग्रहले विश्वासको मलजल गरे पनि पूर्णसत्यको नजिक पु-याउन सक्दैन अगुवाले हिँडेको गोरेटो कालान्तरमा मूलबाटोमा फेरिन्छ । तर अहिले महाधिवेशनको रमिता र तमासा चल्दै गर्दा पार्टीहरूलाई भने त्यो लागू भइरहेको छैन । आवेगी यात्रामा सिद्धान्त, इतिहास, अभ्यास, बहस र प्रतिस्पर्धाको आवश्यकता पर्दैन । इतिहास कसैले वास्ता गर्दैन भने पनि इतिहासले हरेकलाई सधैँ सम्झने गर्छ । घटनाको साक्षी बन्न सकिएला, नयाँ सन्दर्भमा इतिहासको आग्रहअनुसार...