लिमीको सुन्दर पक्ष (सम्पादकीय)
गोरखापत्र अनलाइन
कार्तिक २, २०७८ मंगलवार
कलि युगमा अन्याय, अत्याचार र आसुरी शक्तिको बोलवाला हुने शास्त्रीय विश्वास रहिआएको छ । मानिस स्वार्थ पूर्तिका लागि कुकर्मको भारी बोक्न सङ्कोच मान्दैन । समाजमा हत्या, आतङ्क, दुराचारजस्ता जघन्य अपराध व्याप्त हुने गरेको छ । यो समस्याबाट हाम्रो समाज पनि अछुतो छैन । अपराध न्यूनीकरणका लागि सुरक्षाको बलियो आधारशीला खडा गरिएको हुन्छ । आजको समाज व्यक्तिकेन्द्रित छ । त्यसको असर र प्रभाव नेपाली समाजमा समेत बलियो गरी स्थापित...