विज्ञापन आचारसंहितामा विलम्ब
गोरखापत्र अनलाइन
चैत्र १२, २०७८ शनिबार
तुरुन्त प्रारम्भ हुने भनी २०७६ कात्तिक ८ मा जारी भएको ‘विज्ञापन (नियमन) गर्ने ऐन, २०७६’ मा उल्लिखित महìवपूर्ण कुरामध्ये एक हो, विज्ञापन बोर्डले ‘विज्ञापन उत्पादन, प्रसारण र वितरणसम्बन्धी आचारसंहिता बनाउने’ । नियमावली जारी तथा बोर्ड गठनमा भएको ढिलाइले आचारसंहिताको सवाल निकै लामो समयसम्म ओझेलमा रह्यो । नियमावली आउन एक वर्ष लाग्यो । बोर्डले पूर्णता पाउन झन्डै अर्को आठ महिना लाग्यो । ऐन जारी भएको दुई वर्ष पूरा हुनै लाग्दा...