निर्वाचनमार्फत लोकतन्त्रको सबलीकरण
गोरखापत्र अनलाइन
चैत्र १५, २०७८ मंगलवार
लोकतान्त्रिक निर्वाचनहरू आवधिक, विस्तृत र निश्चित हुन्छन् । जसमा नागरिकले सरकारको आलोचना गर्ने, त्यस्ता आलोचना प्रकाशित गर्ने र विकल्प प्रस्तुत गर्ने व्यापक स्वतन्त्रताको उपभोग गर्दछन् । त्यसैले, निर्वाचन नै लोकतन्त्र सबलीकरणको आधार हो । राज्यले लोकतन्त्रमा प्रतिस्पर्धात्मक निर्वाचनको दायित्वलाई बडो इमानदारी साथ पूरा गर्नु पर्छ । आन्तरिक कार्य जतिसुकै लोकतान्त्रिक देखिए पनि कुनै सानो समूहले छानेको सरकार...