बौद्धिक तप्काको भूमिका
गोरखापत्र अनलाइन
चैत्र ८, २०७८ मंगलवार
चुनाव लाग्यो । अब तर्क उत्पादन उद्यमका काम सुरु भए । हरेक राजनीतिक पार्टीका बुद्धिजीवी सङ्गठन छन् । पार्टी नेतृत्वको आशयअनुसार उनीहरू नीति, विधि, तर्क उत्पादन, जनमानसको व्यवस्थापन, समस्या हलका विधि र उपाय निकाल्न सक्रिय हुन्छन् । मिडिया पनि समाचार र आलेख नियाल्दा सूचना, कूसूचना, भ्रमित सूचना र प्रायोजित सूचना एकापसमा प्रकाशन/प्रसारण भिडन्तमै छन् । मिडिया साक्षरताको कमीले तिनीहरूका बीचका अन्तर छुट्याउन कठिन भइरहेको...