परराष्ट्र नीतिको आधार (सम्पादकीय)
गोरखापत्र अनलाइन
चैत्र ६, २०७८ आइतवार
विगतदेखि नै नेपालले कुनै पनि शक्ति राष्ट्र वा सैनिक गुटमा संलग्न नरही तटस्थ रूपमा आफ्नो परराष्ट्र नीति अवलम्बन गरिरहेको छ । असंलग्न परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित नीति नै हो । नेपालको परराष्ट्र नीतिको विशेषता एवं सौन्दर्यका रूपमा यो नीतिलाई औँल्याउन सकिन्छ । यसैको परिणामस्वरूप विश्व रङ्गमञ्चमा नेपालले आफ्नै गौरव एवं गरिमा कायम राख्न सफल भएको हो । शान्ति सेनामार्फत संयुक्त राष्ट्रसङ्घलाई नेपालले...