दीर्घजीवन पाउन हाँसो
गोरखापत्र अनलाइन
चैत्र ६, २०७८ आइतवार
बालबालिका सय पटक मुस्कुराउँछन् भने उमेर बढ्दै जाँदा कम हँुदै जान्छ । त्यसैमा ओठ खोली हाँस्ने सायदै होलान् । किनभने जति पढ्यो, पैसा कमायो, ठूलो भयो त्यति नै आफूलाई गम्भीर अनुहार बनाउनुपर्छ देखाउनुपर्छ भन्ने हाम्रो सामाजिक मान्यता छ । व्यस्त जीवनशैली र कामले हाँस्ने फुर्सद छैन, पैसा कमाएपछि हाँस्ने प्रक्रिया कम हुँदै जान्छ । दिल खोलेर हाँस्ने, मरिमरी हाँस्ने, पेट मिचिमिची हाँस्ने, मुर्छा पर्ने गरी हाँस्ने वा आँसु आउने...