रुस–युक्रेन युद्धको सन्देश
गोरखापत्र अनलाइन
चैत्र ८, २०७८ मंगलवार
सोभियत सङ्घको विघटनपछि शीतयुद्ध समाप्त भयो । अमेरिकी थिङ्क ट्याङ्क रहेका फ्रान्सिस फुकुयामाले सन् १९९२ मा पुस्तक ‘द इन्ड अफ हिस्ट्री’मा साम्यवादको पतन भएको र अब मानव अधिकार, उदार लोकतन्त्र र स्वतन्त्र बजार अर्थतन्त्र शीतयुद्धपछिको विश्वमा राष्ट्रहरूका लागि एक मात्र वैचारिक विकल्प बाँकी रहेको तर्क गर्नुभएको थियो । उहाँले विश्वमा विचारधाराको हेगेलियन अर्थमा द्वन्द्वको अन्त्य भई इतिहासको अन्त्य भएको तर्क गर्नुभयो ।...