काँग्रेस महाधिवेशनपछिको अपेक्षा
गोरखापत्र अनलाइन
श्रावण १२, २०७८ मंगलवार
पार्टी जीवनमा महाधिवेशनको ज्यादै ठूलो महìव रहन्छ । कुनै पनि राजनीतिक दलले आफ्नो ऐतिहासिक कार्यभारको समीक्षा, आत्मालोचना, वर्तमान जीवनको सजीव चित्र र भविष्यको जीवनको सुस्पष्ट चित्र कोर्ने साधनका रूपमा महाधिवेशनलाई अख्तियारी गरिएको हुन्छ । महाधिवेशन पार्टीको विद्यमान विचार, विमर्श तथा नीतिको गहन छलफल गर्ने थलो हो । जनताको राष्ट्रिय जीवनमा परेका सकारात्मक, नकारात्मक भावको समीक्षा गर्ने थलो पनि हो– महाधिवेशन ।...