सत्ता गठबन्धनको एकता (सम्पादकीय)
गोरखापत्र अनलाइन
फाल्गुन १३, २०७८ शुक्रबार
बुधबार सार्वजनिक गरिएको प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को नेपाललाई दिने अनुदान सम्झौतामाथि छलफल हुने कार्यतालिका तय भएको थियो । यसअनुरूप एमसीसी सम्झौताका सम्बन्धमा बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुने थियो । सांसदहरूबीच यस विषयमा बहस प्रारम्भ हुने थियो तर हुन सकेन । बिहीबार संसद् सचिवालयले सूचना टाँस गरी विशेष कारणवश प्रतिनिधि सभाको बैठक...