शिक्षामा वित्तीय साक्षरता किन ?
गोरखापत्र अनलाइन
फाल्गुन १३, २०७८ शुक्रबार
हाम्रो समाजमा परिवारको आम्दानी, खर्च, ऋण, धन आदिका बारेमा बालबालिकालाई जानकारी दिने वा उनीहरूसँग सँगै बसेर तिनका बारेमा छलफल गर्ने प्रचलन खासै देखिँदैन । बालबालिकालाई पढ्ने, दैनिक घरव्यवहार चलाउने, घर बनाउने वा मर्मतसम्भार गर्ने, जग्गाजमिन जोड्ने, व्यवसाय सञ्चालन गर्ने, चाडपर्व मनाउने, रीति परम्पराअनुसारका व्रतबन्ध, विवाह, काजकिरियाजस्ता संस्कार सम्पन्न गर्न आवश्यक पर्ने पैसा कहाँबाट आउँछ ? के–केमा कसरी कस