मिडियाको शक्ति, प्रभाव एवं महत्त्व
गोरखापत्र अनलाइन
माघ २९, २०७८ शनिबार
सन् १९८१ मा प्रकाशित ‘मिडिया : द सेकेण्ड गड’ पुस्तकमा लेखक टोनी श्वार्जले इलेक्ट्रोनिक मिडिया (विद्युतीय माध्यम) को विशेषतालाई पाश्चात्य जगत्मा मानिने ईश्वरको अवधारणासँग तुलना गरी रोचक निष्कर्ष निकाले । उनको विश्लेषण निम्नानुसार रहेको थियो —ईश्वर सर्वज्ञानी छन् र सर्वशक्तिमान् पनि । ईश्वर भनेको भाववाचक हो, शरीर होइन । उनी बाह्य जगत्मा पनि छन् र हामीभित्रै पनि छन् । उनी सदैव हामीसँग छन् किनभने उनी सर्वव्यापी छन्...