स्थानीय निर्वाचनसँगै संविधानको सफलता
गोरखापत्र अनलाइन
फाल्गुन ३, २०७८ मंगलवार
आसन्न स्थानीय तहको चुनाव लगभग तीन महिना अगाडि नै घोषणा गरेर सरकारले जनताबाट जस लिने काम गरेको छ । साधारणतया आयोगलाई निर्वाचन तयारी पूरा गर्न न्यूनतम ११० दिन चाहिन्थ्यो । चरण–चरणको चुनावमा आइपर्ने बाधा अवरोध देखेर एकै पटक गर्ने क्षमता उसको निरन्तरको अभ्यासले चुनौतीसँग जुध्न अभ्यस्त बनाइदियो । संविधानमा नै निर्वाचन भएको मितिले पाँच वर्ष स्थानीय तहका पदाधिकारीको कार्यावधि तोकिसकेकाले यसमा अब कसैको पनि फरक मत...