किसानलाई पेन्सन
गोरखापत्र अनलाइन
माघ २९, २०७८ शनिबार
श्रमिक आफ्नो जीविकोपार्जनका लागि विभिन्न उत्पादनमूलक कार्यमा संलग्न हुनुपर्ने हुन्छ । कृषि, औद्योगिक तथा सेवाजस्ता विभिन्न क्षेत्रमा संलग्नता जनाएर श्रमिकले आफू र परिवारका आवश्यकता पूरा गर्छन् । एउटा कुरा के सत्य छ भने, कुनै पनि श्रमिकले आफ्नो जीवनकालमा सधैँभरि उत्पादन कार्यमा सक्रिय सहभागिता जनाउन सक्दैन । विभिन्न कारण जस्तै ः उमेर हद, रोग–व्याधि, दुर्घटना, महामारी आदिले गर्दा उनीहरू उत्पादन प्रक्रियाबाट बाहिरिनुपर्ने...