अमूल्य निधिको संरक्षण (सम्पादकीय)
गोरखापत्र अनलाइन
फाल्गुन १, २०७८ आइतवार
विगत केलाउँदा मूर्तिको सुरक्षामा नेपालमा लामो समयदेखि राम्रो तस्बिर देख्न सकिन्न । पञ्चायत शासनको बेला सबैभन्दा बढी मूर्ति देशबाहिर पुगे । शक्तिमा रहेकैहरूको त्यसमा नाम आउँथ्यो । मूर्ति चोरीका अनेक काण्डले त्यसबेलाका अखबार रङ्गिन्थे । बेलायत, अमेरिका, जर्मनी, फ्रान्सलगायत पश्चिमी मुलुकका सङ्ग्रहालयमा नेपाली मूर्ति पुगे । अन्तर्राष्ट्रिय सन्धि तथा प्रावधानका कारण अमूल्य निधि जहाँबाट चोरिएका थिए, फिर्ता गर्ने...