स्थानीय निर्वाचनमा उम्मेदवार
गोरखापत्र अनलाइन
माघ २७, २०७८ बिहीबार
स्थानीय तहको निर्वाचन नजिकिँदै छ । नेपाल सरकारले २०७९ साल वैशाख ३० गते निर्वाचनको मिति तोकेको छ । सरकारले तोकेको मितिमा नै निर्वाचन सम्पन्न हुनेछ । स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको तर्फबाट र स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्दै उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिने गर्दछन् । स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख र वडाध्यक्षको निर्वाचनमा गोप्य मतदानको प्रक्रियाद्वारा एक पद एक मतको आधारमा...