पूर्व तयारीमा तीव्रता (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
बैशाख २, २०७७ मंगलवार
विश्वव्यापी महामारी कोभिड–१९ (कोरोना) को परीक्षण, रोकथाम तथा नियन्त्रणका लागि नेपालले उपचारात्मक, प्रशासनिक तथा भौतिक पूर्वाधारमा विशेष पहल गरेको छ । उपचार अन्तर्गत सङ्क्रमितको पहिचानदेखि अन्य सम्भावित सङ्क्रमित र उनीहरूसँग सम्पर्कमा आएकाको खोजी तथा क्यारेन्टाइन बसाइ, आइसोलेसन, जनशक्ति व्यवस्थापन लगायतका कार्य गरिएका छन् भने प्रशासनिक रूपमा लकडाउन आदेश जारी, त्यसको पालना, नेपाल – भा