कोरोेना महामारीमा दायित्वको चेत
गोरखापत्र अनलाइन ,
चैत्र २७, २०७६ बिहीबार
अदृश्य र अति सूक्ष्म कोरोना विषाणुले संसारको महाशक्ति राष्ट्रलाई समेत घुँडा टेकाउन सक्ने देखिएको छ भने नेपालजस्तो सानो राष्ट्रका लागि यो कोरोनाविरुद्धको सङ्घर्ष ज्यादै कठिन हुनु स्वाभाविक छ । कोरोना भाइरसविरुद्धको खोप र औषधि तयार गर्न कम्तीमा पनि एक वर्ष लाग्ने हुँदा, त्यो अवधिसम्म कोरोनाविरुद्ध स्वअनुशासित र जिम्मेवार बनेर गरिने सङ्घर्ष जारी रहनेछ ।