नारी : व्यथा एक, कथा अनेक
गोरखापत्र अनलाइन ,
माघ १८, २०७६ शनिबार
वेद र पुराण जस्ता हिन्दु धर्मशास्त्रमा महिलाको सौन्दर्य, वीरता, विद्वत्ताका बारेमा प्रशस्त बयान गरिएको पाइन्छ । नारी वर्गले समाजमा घटित हुने विभिन्न गतिविधिमा कुशल नेतृत्व प्रदान गरेको इतिहासले देखाउँछ । हिन्दुका धार्मिक ग्रन्थहरूमा उद्धृत महिला शक्तिको उदाहरण लिनपर्दा देवी दुर्गा प्रमुख हुन् । दुर्गाको शक्तिको तुलना ब्रह्मासँग पनि गरिन्छ । यिनलाई आदिशक्ति, प्रधान प्रकृति, गुणवती माया, बुद्धित्वकी जननी तथा...