टेलिभिजन पत्रकारिता नै सबैभन्दा विश्वासिलो
गोरखापत्र अनलाइन ,
माघ १७, २०७६ शुक्रबार
नेपाल र विश्वमा पत्रकारिताको सुरुवात त छापा माध्यमबाटै भयो । त्यसपछि रेडियोको विकास भयो अनिमात्र टेलिभिजन पत्रकारिता सुरु भयो । अहिले न्यू मिडियाको विकास भएको छ । मान्छेको स्मृतिपटलमा दृश्य बढी समयसम्म टिकिरहन्छ । टेलिभिजन पत्रकारितामा दृश्य र आवाज दुवै हुन्छ । त्यसैले पनि स्मृतिपटलमा टिकिरहन्छ ।