दिगो विकासका लागि असल शासन
गोरखापत्र अनलाइन ,
माघ १५, २०७६ बुधबार
दोस्रो विश्वयुद्धपछि धनी राष्ट्रले गरिब तथा पिछडिएका राष्ट्रको विकासका लागि आर्थिक एवं प्राविधिक सहयोग जुटाउने कार्य प्रारम्भ गरे । एक डेढ दशकसम्मको यस्तो सहयोगले त्यस्ता कतिपय राष्ट्रले विकास गर्न सकेनन् र यसरी पु¥याइएको सहयोगको सदुपयोग पनि हुनसकेन । फलतः सत्तरीको दशकपछि यस्तो सहयोगका साथै न्यून ब्याजदरमा ऋण दिइने व्यवस्था मिलाइयो । ऋणको रकम विभिन्न अन्तर्राष्ट्रिय संस्थामार्फत परिचालन गरियो । यस व्यवस्थाका...