सहज र सुलभ फार्मेसी (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
माघ १२, २०७६ आईतवार
सरकारले अस्पताल गएका सामान्य बिरामी, अन्तरङ्ग विभागमा भर्ना भएकाहरू तथा तिनका आफन्तलाई सहज होस् भनेर अस्पताल परिसरभित्रै अस्पतालको औषधि पसल (फार्मेसी) राख्नुपर्ने निर्णय गरेपछि अधिकांश सरकारी अस्पतालमा औधधि पसल राखिएको छ । बिरामी तथा उनका आफन्तले सहजतापूर्वक उचित मूल्यमा औषधि पाउन सकुन् भनेर अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ अनुसार सरकारले यस्तो व्यवस्था गरेको हो ।