विद्यालय प्रार्थनामा विविधता
गोरखापत्र अनलाइन ,
माघ १२, २०७६ आईतवार
प्रत्येक विद्यालयमा प्रत्येक दिन कक्षाकोठामामा प्रवेश गरेर शिक्षण सहजीकरण क्रियाकलापमा सहभागी हुनुअघि शिक्षक विद्यार्थी भएर विद्यालय भवनसँगैको मैदानमा प्रार्थना (एसेम्ब्ली) गरिन्छ÷गराइन्छ । प्रार्थना गर्दा मुख्यतः राष्ट्रिय गान गाइने हो । त्यसबाहेक त्यहाँ पीटी, कवाज, ड्रिलजस्ता क्रियाकलाप पनि विद्यालयपिच्छेको तत्कालीन चलनअनुसार गराइन्छ ।