गुह्येश्वरीको जात्रा
गोरखापत्र अनलाइन ,
मंसिर ७, २०७६ शनिबार
हरेक वर्ष मार्गकृष्ण दशमीका दिन काठमाडौँ उपत्यकाका शक्तिपीठमध्ये एक गुह्येश्वरीमा जात्रा गरिन्छ । बौद्ध र हिन्दूहरूले समान रूपमा गृह्येश्वरीदेवीलाई मान्दै आएका छन् । बौद्धमार्गीले गुह्येश्वरीलाई नैरात्मा देवी र हिन्दूहरूले निरञ्जन निराकारका रूपमा पुज्दै आएका छन् । बौद्धमार्गीले मान्दै आएका चार योगिनीमध्ये एक योगिनी हुन्– गुह्येश्वरी देवी ।