बालबालिकालाई पोषण अधिकार
गोरखापत्र अनलाइन ,
मंसिर ४, २०७६ बुधबार
संयोगले यस वर्ष २०१९ को विश्वभरका पोषण अभियानमा संलग्न ६१ देशका सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको पोषण अभिवृद्धि अभियानको नवौँ सम्मेलन नेपालमै सम्पन्न भयो । नेपाललगायत विश्वभरका बाह्र सय प्रतिनिधिहरूको यो भेलामा आ–आफ्ना देशका बहुक्षेत्रीय पोषण कार्यक्रमका उपलब्धिका कथा, चुनौती, सिकाइ र भावी रणनीतिबारेमा उल्लेख्य छलफल र ज्ञानको आदान–प्रदान भयो ।