गोही संरक्षणको दुःख (सम्पादकीय)
गोरखापत्र अनलाइन
माघ ५, २०७८ बुधबार
नेपालमा चलेको उखान छ, ‘काम गर्ने कालु, मकै खाने भालु ।’ किसानले मरीमरी श्रम र पसिना बनाएर खेतबारी बनाउँछ । मल बीउको जोहो गर्छ । मकै खेती लगाउँछ । मकै पाकेपछि भने किसानले घर ल्याउन नपाउँदै, अझ मकैको सुत्लो छिप्पिन नपाउँदै भालुले सखाप बनाउँछ । भालु रुङ्न किसानलाई हैरान हुन्छ । त्यही परिघटना नभए पनि झन्डै त्यस्तै भएछ चितवनमा । त्यहाँस्थित चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको कसराको घडियाल प्रजनन केन्द्रले घडियाल गोही प्रजनन...