विश्व मोडल फेरिरहेको छिमेकी
गोरखापत्र अनलाइन ,
आश्विन २४, २०७६ शुक्रबार
छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण दुई छिमेकी मुलुकबीच सम्बन्धका आधारमा बिल्कुल स्वाभाविक भ्रमण हो । यसप्रति अन्तर्राष्ट्रिय चासो रहेको भनेर जुन कोणबाट बुझ्न, बुझाउन कोसिस गरिँदै छ, त्यो जरुरी छैन । १४ सय किलोमिटर साँध–सीमा जोडिएका मुलुकबीच उच्चस्तरीय भ्रमण हुुनुलाई अस्वाभाविक मान्नुपर्ने कुनै खण्ड छ जस्तो लाग्दैन ।